राजनीति

एमालेसँग तालमेल हुनु आत्मघाती भएको भन्दै जसपा रौतहटका अध्यक्ष पटेलले छोडे पार्टी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का रौतहट अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले पार्टी परित्याग गरेका छन् । उनले पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको विरोधमा पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिएका हुन् ।

पटेलले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उपेन्द्र यादवले सुरुमा वा गठबन्धनबाट नै देशको निकास सम्भव हुने र एमाले अध्यक्ष केपी शर्मा ओली उदयमान तानाशाह हो भन्दै निर्देशन दिएको उल्लेख गरेका छन् ।

बिज्ञापन

पटेलले मेधशी जनताका लागि लडिरहेको जसपा नागरिकतासम्बन्धी विधेयकमा गैरजिम्मेवार बनेर एमालेसँग मिलेकोमा तीव्र विरोध गरेका हुन् । जसपा एमालेको शरणमा जानु आत्मघाती र मधेशी जनताप्रति गद्दारी भएको पटेलको दाबी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।