घटना

साँझ घर पुगेका थिए प्रेम, बिहान भूकम्पमा ज्यान गुम्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंगलबार साँझमात्रै भारतबाट काम गरी घर फर्किएका डोटीका प्रेम बोहराले बुधबार राति गएको भूकम्पमा ज्यान गुमाएका छन् ।

बुधबार राति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । बुधबार बिहान २ बजेर १२ मिनेटले डोटीको पूर्वीचौकी गाउँपालिकामा २५ बढी घरमा क्षति पुर्याएको छ । त्यसमध्ये एकदर्जन घरहरु ध्वस्त छन् ।

बिज्ञापन

तीनैमध्येको एक घर थियो प्रेम बोहराको । भारतीय रोजगारीबाट अघिल्लो साँझमात्रै घर पुगेका उनको अर्को बिहान भुकम्पमा परि निधन भएको हो । 

‘बेलुकामात्रै पाहाडबाट आउनुभएको थियो । राति त्यस्तो घटना भयो,’ घटनास्थलमा उद्दार कार्यमा खटिएका प्रशान्त खड्काले बताए । 

खड्काअनुसार उनको परिवारका दुई जनाको निधन भएको छ । उनकी छोरी तुलसी बोहराको पनि घरको छत खस्दा ढुंगाले थिचिएर मृत्यु भएको छ ।

‘हामी बिहानै साढे २ बजे उद्दारका लागि पुगेका थियौं,’ खड्काले भने, ‘घरको भग्नाविशेषले च्यापिएर बिहानै मानिसहरुको मृत्यु भईसकेको थियो । हामी आउने बित्तिकै उद्दार कार्यमा खटियौं ।’

खड्काका अनुसार बुधबार बिहानसम्म मानवीय उद्दारको काम सकिएको छ । ६ जनाको मृत्यु हुँदा ५ जना घाइते छन् । 

मृत्यु हुनेमा अर्को एक परिवारका पनि ३ जना परेका छन् । पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, छोरा ७ वर्षीय हर्क बोहरा, छोरी १४ वर्षीय सिता बोहराको पनि मृत्यु भएको छ । 

भुकम्पमा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा इनरी देवी बोहरा, धौली बोहरा, विस्नादेवी बोहरा, चनादेवी बोहरा र महाविर बोहरा रहनुभएको छ । 

उहाँहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धार तथा राहातका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगेका छन््  । 

स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । 

त्यस अघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५।७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।