राजनीति

प्रधानमन्त्रीसहित ३ पूर्वप्रधानमन्त्रीको सुदूरपश्चिम दौडाहा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः आम निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू देश दौडाहमा निस्किएका छन्। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देश दौडाहमा निस्किएका हुन्।

उनीहरुको प्रधानमन्त्री देउवाको गृह प्रदेश सुदूरपश्चिम केन्द्रित बनेका हुन्। एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमबाटै चुनावी अभियान सुरु गरेपछि गठबन्धनका शीर्ष नेताहरुले पनि दार्चुलाबाट संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्ने तयारी गरेका छन्। 

बिज्ञापन

देशका शिर्ष नेताहरु सुदूरपश्चिम केन्द्रीत भएपछि यहाँको चुनावी रौनक चुलिएको छ। ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरिरहदा बेला प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरामा आफ्ना लागि मत मागिरहेका थिए। चार दिन डडेल्धुरामा रहदा विभिन्न ७ ठाउँमा आयोजना गरिएका चुनावी भेलालाई सम्बोधन गरेर उनी आइतबार साँझ प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।