अर्थ

सुनको मूल्य तोलामै १४ सय रुपैयाँले बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२३ कात्तिक, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ४ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।

बुधबारका छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय, तेजावी सुनको मूल्य ९३ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा छापावाल, ९३ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने १ हजार २६५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।