बिश्व

अमेरिकाको प्रतिनिधि सभामा रिपब्लिकन दलले बहुमत ल्याउने सङ्केत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिकामा भएको संसदीय चुनावमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने सङ्केत देखिएको छ । तल्लो सदनका सबै चार सय ३५ सिटका लागि चुनाव भएको छ । बहुमतका लागि दुई सय १८ सिट चाहिन्छ । यो समाचार तयार पार्दासम्म रिपब्लिकनले एक सय ९८ र डेमोक्र्याटले एक सय ७३ सिट जितेका छन् ।  

चुनावअघि राष्ट्रपति जो बाइडेनको दल डेमोक्र्याट दुई सय २० सिटसहित बहुमत थियो । विश्लेषकहरूका अनुसार यसपालि रिपब्लिकन दलले प्रतिनिधि सभामा बहुमत जित्ने देखिन्छ । बहुमत प्राप्त भएपछि रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध पारिदिन सक्छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सङ्केत दिइसक्नुभएको छ । 

बिज्ञापन

माथिल्लो सदन सिनेटको एक सय सिटमध्ये हिजो मङ्गलवार ३५ सिटका लागि मात्रै चुनाव भएको छ । अहिले सिनेटमा दुवै पार्टीका ५०–५० सिट छ । तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ सिट हुन्छ । 

अमेरिकामा प्रतिनिधि सभाको कार्यकाल दुई वर्षको हुन्छ भने माथिल्लो सदनका सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ । दुई वटै सदनले राष्ट्रव्यापी कानुन निर्माण गर्छन् । सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ । प्रत्येक राज्यबाट दुई जना सिनेटर निर्वाचित हुन्छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।