राजनीति

डोटी भूकम्प : पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।

आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

बिज्ञापन

आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । यसैगरि उहाँले अन्य विभिन्न निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन समेत आग्रह गर्नुभयो । 

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।