एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै

कैलाली । राष्ट्रव्यापी चुनावी प्रचार प्रसार प्रारम्भ गर्न एक साता अघि सुदूर पश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै छन् ।
अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्की चुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।

बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेर २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओली सहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।
यस अघि १८ गते ओलीले दार्चुला,बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए । भारतले कब्जा गरेको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
