राजनीति

दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनले जित्नुपर्छ : मन्त्री भुसाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् ।

सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन् ।

बिज्ञापन

ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।’

आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उहाँले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन् ।

ललितपुर जिल्ला जहिले पनि परिवर्तनको पक्षमा उभिएको इतिहास स्मरण गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँका जनताले २०४६ को आन्दोलन पाटनबाट सुरु भएको थियो । यही जिल्लाका जनता सबैभन्दा पहिला राजतन्त्रमुक्त देश घोषणाको आन्दोलनमा होमिनु भएको थियो । अब पनि ललितपुरबासीले प्रतिगमनकारी गठबन्धलाई पररास्त गर्नेछन् ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।