राजनीति

गठबन्धनलाई १५ वर्षसम्म अघि बढाउनुपर्छ : प्रम देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद बिघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि विजयी गराउनुपर्ने बताएका हुन् । उनले नेपाली जनताको लामो लडाईपछि स्थापीत भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे ।

बिज्ञापन

देउवा देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुत बनाउन १० देखि १५ वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनको भनाई छ । प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराईने धारणा राखे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।