घटना

गुल्मीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप गएराति कुढडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमासत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामो, सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिज्ञापन

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको जनाइएको छ । दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहित प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।