राष्ट्रिय निर्वाचन

कुन दलले कहाँ कहाँ जित्यो ? 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेस अगाडि छ ।

बुधबार विहानसम्म कांग्रेसले प्रतिनिधिसभातर्फ १० सिटमा विजयी हासिल गरेको छ भने ४५ क्षेत्रमा अग्रता लिइरहेको छ ।
त्यस्तै, नेकपा एमालेले तीन क्षेत्रमा विजयी भएको छ भने ४२ क्षेत्रमा अग्रता लिइरहेको छ ।

बिज्ञापन

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन, नेकपा एकीकृत समाजवादीले एक, राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले एक–एक क्षेत्रमा विजयी हासिल गरेका छन् । एकीकृत समाजवादीले ७, राप्रपाले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ५र उन्मुक्ति पार्टीले दुई क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । माओवादीले अहिले १६ क्षेत्रमा अग्रता लिइरहेको छ । मतगणना जारी छ ।

नेपाली कांग्रेस विजयी
काठमाडौं–४ गगन थापा
काठमाडौं–५ प्रदीप पौडेल
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–३ सन्तोष चालिसे
सुर्खेत–२ हृदयराम थानी
डडेलधुरा– शेरबाहदुर देउवा
ललितपुर–१ उदयसम्शेर राणा
रसुवा– मोहन आचार्य
मनाङ– टेकबहादुर गुरुङ
मुस्ताङ–१ योगेश गौचन

एमाले विजयी
उदयपुर–२ अम्बरबहादुर रायमाझी
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ
ललितपुर–२ प्रेमलाल महर्जन

एकीकृत समाजवादी विजयी
अछाम–१ शेरबहादुर कुँवर

राष्टिय स्वतन्त्र पार्टी विजयी
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–२ शोभिता गौतम
काठमाडौं–८ विराजभक्त श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके–२ धवलसम्शेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली–३ गंगाराम चौधरी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।