सल्यानमा नेकपा एसका प्रकाश ज्वाला विजयी

कर्णाली । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी भएका छन् ।
नेकपा एसका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । उनका अनुसार ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
