जीतपछि रवि लामिछानेले भनेः आजैबाट काम थाल्छु, फूलमाला र खादा नलगाइदिनु

काठमाडौं । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजैबाट काम थाल्ने बताएका छन् । आफ्नो चुनावी नतिजालाई विजयका रुपमा नलिने उनको भनाइ छ ।
फेसबुकमा स्टाटस लेख्दै लामिछानेले चुनावमा निर्वाचित हुनुको अर्थ विजयी हुनु नभएकोसमेत बताएका छन् ।

‘यो त जाँच दिनका लागि सक्षम हुनु हो । म आजबाट जाँच दिन जाँदैछु, जसको परीक्षा ५ वर्षपछि मात्र आउनेछु ।’
उनले विजय र्यालीको साटो धन्यवाद सभा गर्ने उल्लेख गरेका छन् । त्यहाँ आउनेहरुलाई फूलमाला, अविर वा खादा नल्याउन उनको आग्रह छ ।

‘म आजैबाट काम थाल्दैछु । मेरो सभा हुने ठाउँहरुमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाल्नुहोला । अर्कोमा उजुरी समस्या सुझाव पेटिका लेखिएको हुनेछ । त्यसमा भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला’, रविले भनेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.