राष्ट्रिय निर्वाचन

कञ्चनपुर १ मा तारा लामा विजयी, बिना मगर पराजित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कञ्चनपुर प्रतिनिधि सभा १ मा नेकपा एमालेका तरा लामा तामाङ विजयी भएका छन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

बिज्ञापन

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्। अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन्

प्रतिनिधि सभा सदस्यका आकाङ्क्षी रहेका तामाङ बाम गठबन्धनमा माओवादीलाई सङ्घ भाग परेपछि प्रदेशमा लडेका थिए ।

प्रदेशमा एमालेबाट विजयी भएर प्रमुख सचेतक भएका तामाङ पछि नेकपा एकीकृत समाजवादी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका थिए ।

स्थानीय तहको निर्वाचन पछि पुन ः एमालेमा फर्किएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका तामाङले अघिल्लो पटकको सहयात्री बिना मगरलाई पराजित गरेका हुन्

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।