रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्वीप’

काठमाडौं । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा क्लिन स्वीप गरेको छ । प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको त्यहाँका सबै क्षेत्रमा यसपटक पनि माओवादी निर्वाचित भएको हो ।
प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरेका हुन । पराजित देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र केसी विजयी भएका छन् । केसीले जम्मा १९ हजार ३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत प्राप्त पाए । केसी र शाहबीचको मतान्तर १० हजार ९ सय ५२ रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
