राष्ट्रिय निर्वाचन

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख मत, कुन दलको कति ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आउनेक्रम जारी छ ।

शनिबार बिहान ६ बजेसम्मको प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजाअनुसार नेकपा (एमाले) पहिलो स्थानमा छ । एमालेले १७ लाख ४५ हजार ८१२ मत पाएको छ ।

बिज्ञापन

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७३ हजार ६५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ५७ हजार ४९७ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादीले केन्द्रले ७ लाख ३७ हजार ८५५ मत प्राप्त गर्दा पाँचौँ स्थानमा रहँदै राप्रपाले ३ लाख ८९ हजार ४४२ मत पाएको छ ।

यस्तै, छैटौँ स्थानको जसपाले २ लाख ६ हजार ८५२, सातौँ स्थानको नेकपा (एस)ले १ लाख ५२ हजार ३६५, नागरिक उन्मुक्ति पार्टीले १ लाख ३७ हजार ३०६, लोसपाले ८१ हजार ४४३ तथा नेमकिपाले ६० हजार ४०६ मत पाएको छ ।

हाम्रो नेपाली पार्टीले ४० हजार १७२ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ३७ हजार २३ मत प्राप्त गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।