राजनीति

झलनाथलाई एमालेको चेतावनी- हारको हतास मानसिकता बोकेर जथाभावी नबोल्नू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमालेले जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएइको छ।

एमालेको तर्फबाट इलाम १ मा निर्वाचन परिचालन कमिटीको संयोजन गरिरहेका उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास पाएको अभिमतलाई सम्मान गर्न आग्रह गरेको हो ।

बिज्ञापन

‘नेकपा (एमाले) को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट थियो जुन पूरा हुन सकेन ’, राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आपराधिक क्रियाकलापबाट जालझेल र षड्यन्त्र गरेर गरेर नेता खनालले चुनाव जित्न गरेको प्रयासलाई असफल पारेको एमालेको आरोप छ । निर्वाचन परिणमलाई अस्वीकार गरेर देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले लोकतन्त्रको मेरुदण्डमाथिकै हमला गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनमा भाग लिएर मतगणना सुरू भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया सङ्गत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैँमा अलोकतान्त्रिक प्रवृत्ति हो’ विज्ञप्तिमा भनिएको छ, ‘अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्डमाथिकै हमला हो ।’

इलाम १ बाट एमालेका महेश बस्नेतसँग चुनाव हारेपछि नेता खनाल र उनको पार्टीले चुनावी परिणामलाई अस्वीकार गरेर पुनः मतदानको माग गर्दै कानुनी उपचार खोज्नै बताउँदै आएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।