समानुपातिकमा नेकपा एसलाई प्रतिनिधिसभाभन्दा प्रदेशमा धेरै मत

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकमा प्रतिनिधिसभातर्फ भन्दा प्रदेशसभामा धेरै मत पाएको छ । प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन बल गरिरहँदा तुलनात्मकरूपमा प्रदेशसभामा धेरै मत ल्याएको हो ।
पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ १ करोड २ लाख ५८ हजार ५७७ मत गन्दा २ लाख ९२ हजार ९८७ मत ल्याएर राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ । प्रदेश समानुपातिकतर्फ ३ लाख ६६ हजार ९५२ मत ल्याएको हो ।

नेकपा एसले प्रदेश १ मा १८ लाख १३ हजार २६५ मत गन्दा ५४ हजार ८३१, मधेस प्रदेशमा २० लाख ७५ हजार २२ गन्दा १ लाख १३ हजार ५९०, वागमतीमा १८ लाख २९ हजार ८१३ गन्दा ६३ हजार ५४० मत ल्याएको छ।
यस्तै, गण्डकीमा ९ लाख २३ हजार ३७१ मत गन्दा १४ हजार ७०३, लुम्बिनीमा १८ लाख ८७ हजार ७८ मत गन्दा ४२ लाख ६२१, कर्णालीमा ५ लाख ७७ हजार ८२९ मत गन्दा ३५ हजार ८२६ र सुदुरपश्चिममा ८ लाख ३८ हजार ८९४ मत गन्दा ४१ हजार ८३९ मत ल्याएको छ ।
प्रदेश समानुपातिक मतलाई हेर्दा नेकपा एसले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएको छ भने गण्डकीमा कमजोर देखिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
