क्यालिब्रेसनका कारण डोमेस्टिक उडान ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण करिब घण्टादेखि डोमेस्टिक उडान ठप्प भएको छ । यात्रुलाई पूर्व जानकारी नगराई क्यालिब्रेसन उडान गर्दा यात्र् विमानस्थलमा अलपत्र परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको लोकलाइजर परीक्षणका लागि क्यालिब्रेसन उडान गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार रन–वेको अन्तिम भागतर्फ हालसालै लोकलाइजर (आईएलएसको एक पक्ष) जोडिएको छ ।

सोही उपकरणको परीक्षणका लागि एरो थाइले क्यालिब्रेसन उडान गर्न गरिएको हो । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार लोकलाइजर जडानपछि विमानस्थलमा अवतरण सहज हुनेछ । क्यालिब्रेसनका कारण बिहीबारका उडान साँझ ५ बजेसम्म प्रभावित हुने अवस्था रहेको विमानस्थलले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
