घटना

धनगढीमा ग्रेडरले ठक्करबाट एक विद्यार्थीको मृत्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्वार एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना१क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको हो ।

बिज्ञापन

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विरोधमा स्थानीय वासिन्दा र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीले धनगढीको मुख्य सडक बन्द गर्दै टायर बालेर नाराबाजी गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।