राजनीति

डा. तोसिमाले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा

बिज्ञापन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा। तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

बिज्ञापन

काउन्सिलका रजिष्ट्रार डा।कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । आइतबार नै राजीनामा आएकोले उक्त पत्र स्वास्थ्य मन्त्रालयमा पठाइएको पनि रजिष्ट्रार अधिकारीले जनाए ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । उनी ३१ हजार १३६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनीसँग नेकपा एमालेका उम्मेदवार अमृत खड्का र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल लगायत प्रतिस्पर्धामा थिए ।

बिज्ञापन