राष्ट्रिय समाचार

मंसिर २८ सम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

बिज्ञापन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ ।

बिज्ञापन

मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी छ । बाजुरा, दोलखा र स्याङजाको समानुपातिकतर्फकाे मतगणना सोमबार राति १२ बजेसम्म सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आयाेगले निर्देशन दिएको छ । ति जिल्लाको मत गणना आज राति १२ बजेभित्र पठाउन निर्देशन दिइएको छ

आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भैसकेको छ । प्रतिनिधिसभातर्पफ ५७ क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । नेकपा एमालेले ४४ निर्वाचन क्षेत्रमा जितेर दोस्रो बनेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले १८ सिट जितेर तेस्रो पार्टी बन्दा नेकपा (एकीकृत समाजवादी) ले भने १० सिट जितेर चौथो दल बनेको छ ।

देशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, ९० सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ भने जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् ।

बिज्ञापन