राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेको आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्दैछ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार केन्द्रीय कार्यालय च्यासलमा बस्न बैठकमा महासचिवलगायत उपमहासचिव र सचिवहरुको सहभागिता हुनेछ ।

बिज्ञापन

बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुने बताइएको छ । एमालेले समानुपातिकतर्फ सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।