आईसीसी विश्वकप लिग-टु : आज नेपालले नामिबियासँग खेल्दै

काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो नेपालको तेस्रो खेल हो । यसअघि नेपाल र नामिबियाबीच भएको खेल वर्षाले प्रभावित भएको थियो । जसले गर्दा दुवैले अंक बाँडेका थिए ।

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो । स्कटल्याण्डलाई भने हराएको थियो । घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
