राष्ट्रिय समाचार

पश्चिम सेती बनाउने भारतीय कम्पनी भरपर्दो छ, ठग्ने खालको होइन : प्रधानमन्त्री देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो देखाएको बताएका छन् ।

सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गर्दै उनले सो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाइसकेको बताए ।

बिज्ञापन

उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले म दिल्ली जाँदा होस् वा उहाँ लुम्बिनी आउँदा होस् पश्चिम सेती आयोजनाको बारेमा चासो राख्नुभएको छ । पश्चिम सेती भारतीय कम्पनीले निर्माणको लाइसेन्स पाइसकेको छ । त्यो भरपर्दो कम्पनी हो ठग्ने कम्पनी होइन ।’

पश्चिम सेती निर्माण सम्पन्न भइसकेपछि सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।