कर्णाली माविद्वारा इजरायली राजदूतलाई स्वागत

टीकापुर, २२ मंसिर । कर्णाली माध्यमिक विद्यालय टीकापुरद्वारा इजरायली राजदूतलाई स्वागत गरिएको छ । सुदूरपश्चिमकै नमुना विद्यालय रहेको कर्णाली माध्यमिक विद्यालयमा इजरायली राजदूतलाई स्वागत कार्यक्रमको आयोजना गरिएको थियोे ।

स्वागत कार्यक्रममा विद्यालयका करिब १५० विद्यार्थी र १० जना शिक्षक/शिक्षिकाहरुको सहभागिता रहनुको साथै विद्यालयका प्राचार्य धर्मराज शर्मा, कर्णाली मावि व्यवस्थापन समितिका अध्यक्ष तथा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्क शाहको पनि उपस्थित रहेको थियो ।


राजदूत टीकापुर बहुमुखी क्याम्पसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्न हिजो टीकापुर आउनुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.