अर्थ

सुदूरपश्चिम महोत्सव शुरुः प्रधानमन्त्री देउवाद्धारा समुदघाटन

बिज्ञापन

धनगढी । सुदूरपश्चिम महोत्सव २०७९ आज (बिहिबार) देखि शुरु भएको छ । ‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव शुरु भएको हो ।

बिज्ञापन

महोत्सवको दिप प्रज्वलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले समुदघाटन गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवलाई यस क्षेत्रमा पर्वका रुपमा हेरिदै आएको छ ।

महोत्सवको समुदघाटन अघि धनगढी ट्राफिक चौराहदेखि महोत्सवस्थलसम्म झाँकी र बाजागाजासहित प्रभात फेरीको आयोजना गरिएको थियो । संघका अध्यक्षसहित संघका पदाधिकारी, सदस्य, कैलाली वितरक संघ, कैलाली मुद्रण संघका पदाधिकार तथा सदस्य, नागरिक समाजका पदाधिारी, समाजसेवी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । महोत्सवमा चार सय बढी स्टल रहेको अध्यक्ष कुँवरले बताए । 

बिज्ञापन