Uncategorized

भत्काएको संरचना आफ्नो नाममा रहेको भन्दै टीकापुर नगरपालिकामा तालाबन्दी।

बिज्ञापन

काठमाडौ :टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।
टीकापुर नगरपालिकाको वडा नम्बर-४ मौरनिया स्थित एउटा घरमा मंगलबार नगरपालिकाले डोजर चलाएपछी पीडितपक्षले शुक्रबार नगरपालिकाको भवनमा ताला लगाएको पीडित नरेन्द्र बोहराले जनाए।

बिज्ञापन

नगरपालिकाले डोजर चलाएको संरचनाको बिहीवार ओमीन ल्याएर नापजाँच गर्दा उक्त संरचना आफ्नो नाममा रहेको र नगरपालिकाले अबैध भन्दै डोजर चलाएर हानी नोक्सानी गरिदिएको भन्दै नगरपालिकामा तालाबन्दी गरेको नरेन्द्र बोहराको दाबी रहेकोछ।

उक्त बिषयमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई टेलीफोन सम्पर्क गर्दा नगरपालिकाले आफ्नो संरचना मात्रै किन भत्काएको? अन्य अबैध संरचना हरुको बिषयमा ढिलाइ किन गरेको ?भनी तालबन्दी गरेको खबर आएको र आफू बिशेष कामले काठमाडौमा रहेको ,अब अन्य अबैध संरचना हरुको रिपोर्ट तयार भैरहेको रिपोर्ट आउने बित्तिकै सबै अबैध संरचना हरुमा फेरि डोजर चलाउने बताए ।

बिज्ञापन