अवर्गीकृत

भत्काएको संरचना आफ्नो नाममा रहेको भन्दै टीकापुर नगरपालिकामा तालाबन्दी।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।
टीकापुर नगरपालिकाको वडा नम्बर-४ मौरनिया स्थित एउटा घरमा मंगलबार नगरपालिकाले डोजर चलाएपछी पीडितपक्षले शुक्रबार नगरपालिकाको भवनमा ताला लगाएको पीडित नरेन्द्र बोहराले जनाए।

नगरपालिकाले डोजर चलाएको संरचनाको बिहीवार ओमीन ल्याएर नापजाँच गर्दा उक्त संरचना आफ्नो नाममा रहेको र नगरपालिकाले अबैध भन्दै डोजर चलाएर हानी नोक्सानी गरिदिएको भन्दै नगरपालिकामा तालाबन्दी गरेको नरेन्द्र बोहराको दाबी रहेकोछ।

बिज्ञापन

उक्त बिषयमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई टेलीफोन सम्पर्क गर्दा नगरपालिकाले आफ्नो संरचना मात्रै किन भत्काएको? अन्य अबैध संरचना हरुको बिषयमा ढिलाइ किन गरेको ?भनी तालबन्दी गरेको खबर आएको र आफू बिशेष कामले काठमाडौमा रहेको ,अब अन्य अबैध संरचना हरुको रिपोर्ट तयार भैरहेको रिपोर्ट आउने बित्तिकै सबै अबैध संरचना हरुमा फेरि डोजर चलाउने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।