राजनीति

समानुपातिक सांसद टुंगो लगाउन राप्रपाको बैठक जारी

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिक तर्फको सांसदहरुको टुंगो लगाउन छलफलमा जुटेको छ ।

बिज्ञापन

पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दिउँसो ४ बजे अगाडिसम्म नाम टुंगो लगाएर निर्वाचन आयोगमा नाम पठाउने गरी छलफल भइरहेको उनले बताए ।

प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।

बिज्ञापन