घटना समाचार

विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना राजधानीबाट पक्राउ

बिज्ञापन

विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले भारतीय नागरिक पवनकुमार र रुद्र पोखरेललाई नियन्त्रणमा लिएको हो । 

बिज्ञापन

विश्वकप फुटबलको सट्टेबाजी खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले ‘डायमण्ड एप’मार्फत सट्टेबाजी खेलाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न मोडलका मोबाइलहरू बरामद गरेको छ । कुनै पनि बाहानामा सट्टेबाजी खेलाउने कार्य गैरकानूनी हो । 

बिज्ञापन