Sudur Pradesh News

टीकापुरमा खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

बिज्ञापन

निशान्त काफ्ले टीकापुर २५ मंसिर टीकापुरमा बुधबार 4-H नेपाल, टीकापुर कैलालीले खुल्ला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ।

बिज्ञापन

प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टीकापुर कैलालीमा स्नातक गर्दै गरेका विद्यार्थीहरुले भिविन्न प्रतियोगिता जस्तै चित्रकला, अनलाइन हाजिरीजवाफ, टीकापुर सरसफाई , अनलाइन कृषि तालिमहरु जस्ता प्रोग्राम गरिसकेको छ भने नेपाल चेस एसोसिएसनको सहयोगमा बुद्धिचाल प्रतियोगितामा पनि सहभागिता रहने छ
प्रतियोगितामा नेपाल चेस एसोसिएसनका उपाध्यक्ष धनबहादुर बोगटी प्रमुख अतिथिको रुपमा उपस्थित हुने एसोसिएसनले जनाएको छ
इच्छुक सहभागीहरूलाइ सम्पर्क गर्न वा 4-H नेपाल, टीकापुर कैलाईको फेसबुक पेजमा सिधै म्यासेज गरेर नाम दर्ता गराउन पनि अनुरोध गरेका छ्न।

बिज्ञापन