राजनीति

बालुवाटारमा देउवालाई एक्लै भेटेर रामचन्द्रले भने: मलाई सबैले स्वीकार्छन्, प्रधानमन्त्री बन्न सघाउनुस्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भावी प्रधानमन्त्रीका आकांक्षी रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा भेट गरेका छन् । आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरे ।

स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए ।

बिज्ञापन

साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको उनले बताए ।

‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उनले गरे ।

देउवाले पौडेललाई ठोस जवाफ दिएनन् । उनले गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।