आयोगले आज निर्वाचनको नतिजा सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दैछ । आज पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।
निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा यसअघि पनि आइसकेको छ । राजनीतिक दलले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेकाले आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।
योसँगै राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने पनि आयोगको तयारी छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
