राष्ट्रिय समाचार

कैलालीको बर्दगोरियामा कुटपिटपछि युवकको मृत्यु, २ जना समातिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी :  कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको कुटपिटबाट मृत्यु भएको हो। 

कट्टीपुरमा २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बोहरा घाइते भएका थिए। घाइते भएपछि बोहरालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए।

बिज्ञापन

डीएसपी जोशीकाअनुसार बजार नजिकैको पसलमा भारतीयले पार्किङ गरेको विषयमा विवाद भएपछि बोहरामाथि कुटपिट भएको थियो। 

यस्तै उनको मृत्युपछि स्थानीयले बर्दगोरिया गाउँपालिकाको मुडा बजारमा पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए। बुधबार बिहानैदेखि कुटपिटबाट मृत्यु घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधनसमेत ठप्प बनेका थिए। तर, अहिले भने दोषिमाथि कारबाही गर्ने सहमति गरेर राजमार्ग खुलाइएको छ। 

त्यस्तै उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाको जिम्मा लिएका बर्दगोरिया गाउँपालिका–४ का सुरेन्द्र डगौरा र श्रवण चौधरीलाई  प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।