बुहारी मार्न गएको,फेला नपर्दा बोका-बाख्रा काटेको

बुहारी मार्न नपाएको रिसमा सल्यानका जेठाजुले घरका सबै पशुपन्छीलाई बन्चरो हानेर मारेका छन् ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर दुई निवासी जीवनराज वलीले आफ्नै कान्छी बुहारी रिता वलीको गोठमा भएका सम्पूर्ण पशुपन्छी मारेको बताइएको छ। लामो समयदेखि श्रीमती माइत बस्नुमा बुहारीको तन्त्रमन्त्रले काम गरेको भन्दै उनी बोक्सीको आरोपमा बुहारी मार्न कस्सिएका हुन् ।

बुहारीलाई मारेपछि सबै समस्या समाधान हुन्छ, भन्दै सोमवार साँझ ६ बजे बुहारी भएको कोठामा पुगेका जीवनले बुहारीलाई बन्चरो प्रहार गर्न खोजेका थिए । बुहारी भागेकोले बचेको सोही वडा निवासी रामबहादुर वलीका छोरा किरणले बताए।
” बुहारी भागेपछि रिसले गोठभित्र पसेर ४ वटा बाख्रा,१ वटा भेडा, ५ वटा कुखुरा बन्चरो प्रहार गरी मारेको देखियो । हामीले तत्काल निजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । बुहारी मार्न नपाएको रिसले नै पशुपन्छीको हत्या गरेको स्वीकार गरेका छन्।” – जिल्ला प्रहरी कार्यालय सल्यानका निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
