राष्ट्रिय समाचार

समीक्षासँग माफी माग्दै कमलाले भनिन्- अब उप्रान्त गीत गाउँदा ख्याल राख्नेछु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका कमला घिमिरेले क्षमायाचना गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत अञ्जनमा गल्ती भएको भन्दै माफी मागेकी हुन् ।
अहिले आफ्नो दोहोरीलाई लिएर गरिएको हल्लाले आफू छक्क परेको कमलाले बताएकी छन् ।

‘त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझियको छ र जुन तरिकाले हल्ला गरियको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु र अझ बढि दुखी छु’, उनले लेखेकी छन् ।

बिज्ञापन

कमलाले हालै गायक सुमन परियारसँग गाएको दोहोरीले गायिका समीक्षा अधिकारीलाई चोट पुर्‍याएको चर्चा भएको थियो । कतिपयले उनको आलोचना पनि गरेका थिए ।

‘राम्रै गरी हेरेरै हिँड्दा पनि कहिलेकाहीँ ठेस लाग्ने गर्छ, हो त्यस्तै भयो,’ उनले लेखेकी छन्, ‘दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो । गाउँदै जाँदा माया पिरतीको कुरा आयो । माया पिरतीको कुरा आउँदा जान अन्जानमा केही त्यस्ता शब्द आए, जुन कसैलाई लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो ।’

जसरी अहिले दिदी समीक्षा अधिकारीलाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मान मा पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुने छैन ।’

अग्रज गायक गायिकाहरूले आफूबाट गल्ती हुँदा सम्झाउनुको साटो आलोचना गरेकोमा भने उनले दु:ख व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्ष-विपक्ष गर्दै बोल्नुभएको छ, मबाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला । हजुरको उपदेश शिरोभार गर्थेँ होला तर मन क्षतविक्षत हुनेगरी लेखियो बोलियो । यस्ले एकदम दु:खी बनायो । खैर केही छैन अब उप्रान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । हजुरहरूले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहन्नँ, सधैँ हजुरहरूकै प्रिय बन्न पाउँ, गीत संगीतमै रम्न पाउँ, कहीँ कतै बिराएँछु भने सल्लाह सुझाव दिँदै गर्नु है र अन्त्यमा फेरि पनि माफी माग्दछु ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।