राष्ट्रिय समाचार

विहारसँग जाेडिएका नाका ७२ घण्टाका लागि सिल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । भारत विहार राज्यको मधुवनी जिल्लासँग जोडिएको मधेसका जिल्लाहरुको सीमा नाका आजदेखि ७२ घण्टाका लागि सिल गरिएको छ ।

मधुवनी जिल्ला अन्तर्गतको नगरपालिकामा पुस ३ गते अर्थात् डिसेम्वर १८ तारिखमा निर्वाचन हुने भएकाले सीमा नाका ७२ घण्टाका लागि सिल गरिएको हो ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय धनुषाले ७२ घण्टाका लागि सीमा नाका भएकाले आवश्यक सहयोग एवं समन्वयका लागि सीमावर्ती पालिकाहरुलाई निर्देशन दिएको छ ।

सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्ला समेत भारत विहारको मधुवनी जिल्लाको सीमासँग जोडिएको छ । यी जिल्लाहरुको सीमा नाका पनि आजैदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।