२७ महिलासहित अपराधमा संलग्न दुई सय ५७ जना फरार

धनगढीः सुदूपश्चिममा एकपछि अर्को अपराध बढ्दै गएको छ। कर्तव्य ज्यान, जवरजस्ती करणी, ठगी, काठ तस्करी, सवारी ज्यान, बहु विवाह, लागु औषध, ज्यान मार्ने उद्योग, जडिबुटी ओसारपसार, कुटपिट, अपहरण र लुटपाट लगायत अपराधिक गतिविधि बढेको हो। सबैभन्दा बढि कैलाली, कञ्चनपुर र त्यसपछि सबैभन्दा बढि अपराध बाजुरामा हुँदै आएको छ।
जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाई कैलाली प्रहरीले प्राथमिकतामा राखेर खोजी कार्य तीव्र पारेको प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘खुला सीमानाका कारण कतिपय अभियुक्त भारतमा लुकेर बसेको हुन सक्छ। हरेक प्रहरी युनिटलाई फरार अभियुक्तको नाम, ठेगाना, तस्वीरसहित अपराधको पूर्ण विवरण समेत पठाएर खोजी कार्य गर्दै आएका छौँ।’

कैलाली, कञ्चनपुर, डोटी, दार्चुला, बाजुरा, बैतडी, बझाङ, अछाम, बाजुरामा गरी विभिन्न अपराधमा संलग्न दुई सय ५७ जना अझै फरार छन्। ती मध्ये २७ महिला प्रहरीको सर्वाधिक खोजीको सुचीमा छन्। आर्थिक वर्ष २०७८/७९ सम्म एक सय ६० पुरुष र १९ महिला गरी एक सय ७९ जना अपराधमा संलग्न फरार भएको अभिलेख छ भने चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ७० पुरुष र ८ जना महिला गरी ७८ जना फरार अभियुक्त थप भएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
