जलवायु

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५.४ डिग्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । आज (बुधबार) बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बिज्ञापन

बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ ।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने नेपाको सबैभन्दा चिसो हुने स्थान जुम्लाको न्युनतम तापक्रम माइनस ५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने नेपाको सबैभन्दा चिसो हुने स्थान जुम्लाको न्युनतम तापक्रम माइनस ५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।