बिश्व

ट्वीटरका मालिक मस्कले दिए राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरका मालिक  इलन मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका छन्।

आज बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन्।

बिज्ञापन

यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए। 

आफ्ना १२ करोड २० लाख फलोअर्स माझ यस्तो प्रश्न तेर्स्याउँदै मस्कले मत सर्वेक्षणबाट आउने परिणामलाई पालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। उक्त मत सर्वेक्षणमा १ करोड ७५ लाख २ हजार ३ सय ९१ लाखले मतदान गरेका छन्। तीमध्ये ५७ प्रतिशतले राजीनामा दिनुपर्छ भन्ने पक्षमा र ४३ प्रतिशतले पर्दैन भन्ने पक्षमा मतदान गरेका थिए। आफ्ना फलोअर्सको आग्रहलाई आफूले स्वीकार गरेको पनि मस्कले उल्लेख गरेका छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।