घटना

३५ तोला सुन र २५ लाख नगदसहित बुटवलका डीएसपी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो ।

बिज्ञापन

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ तथा चेक बरामद गरिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, ‘उहाँलाई नियन्त्रणमा लिएका छाैं। थप कुरा अनुसन्धानबाट थाहा होला ।’

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर केसीले आफैँले राखेका थिए । सोही सुन फिर्ता दिने सहमतिमा डीएसपी केसीले २५ लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेपछि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।