टीकापुरको खड्क स्मृति माविमा मोबाईल फोन निषेध

टीकापुर, १३ पुष । खड्क स्मृति मावि टीकापुरमा मोबाई फोन निषेध गरिएको छ । यस विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले अब विद्यालय समयमा मोबाईल फोन प्रयोग गर्न पाउने छैनन् । यदि कसैले यस नियमको उल्लघंन गरेको पाईएमा प्रयोगकर्ताको मोबाईल फोन जफत गर्नुको साथै विद्यालयको पठनपाठन क्रिषकलापबाट वञ्चित समेत गरिने विद्यालयद्वारा प्रकाशित सूचनामा जानकारी गराईएको छ ।
विद्यालय समयमा मोबाईल फोन प्रोयोग हुने विषयलाई यस विद्यालयमा सरोकार राख्ने विविध पक्षहरुको गुनासो तथा विद्यालयको पठनपाठन क्रियाकलापमा आएको समस्यालाई मध्यनजर गर्दै विद्यालय समयभित्र विद्यार्थीसंग रहेको मोबाईल फोन ल्याउन र प्रयोग गर्न निषेध गरिएको विद्यालयले बताएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
