स्वास्थ तथा सरसफाइ

जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जापान, पुस १३ गते । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो ।

अघिल्लो दिन कोभिडले गर्दा  २७१ ज्नाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ ।

बिज्ञापन

देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो । राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ संक्रमित थपिएका छन् ।

देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना छन् । यो मंगलबारको भन्दा ५ कम हो । टोकियोमा पनि कोभिडका गम्भीर बिरामी घटेर ४९ मा आएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।