अर्थ

विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा भन्सार नलिन प्रधानमन्त्रीको निर्देशन

बिज्ञापन

विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा लाग्ने भन्सार तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

बिज्ञापन

उनले विदेशबाट आउने नेपालीले ल्याउने मोबाइलमा कडाइ गरिएको भन्दै तत्काललाई उक्त व्यवस्था कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।

विदेशमा बसेर नेपाल फर्कँदा ल्याउन पाइने मोबाइलमा गरिएको कडाइका विषयमा अहिले नै चलिरहेको प्रक्रियामै रहन दिन निर्देशन दिइएको हो ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  नो–रेमिट्यान्स ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका थिए ।

बिज्ञापन