Sudur Pradesh News

एकीकृत समाजवादी दलको नेतामा सोडारी

बिज्ञापन

धनगढी, पुस १५ गते । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन हुुनुभएको छ । ज्येष्ठ सदस्य प्रकाशबहादुर रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

बिज्ञापन

सोडारी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट दोस्रो पटक प्रदेश सभामा विजयी हुनुभएको थियो ।  यसअधि पनि सो दलको नेता रहनुभएका सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ । यसअघि उहाँले सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोक्नुभएको छ । सो दलका प्रदेश सभामा चार जना सदस्य छन् । 

बिज्ञापन