Climate

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

बिज्ञापन

काठमाडौं । आज देशका केही भु-भागमा वर्षा र हिमपातका कारण चिसो बढ्ने सम्भावना छ ।

बिज्ञापन

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियर रहेको छ भने जुम्लाको न्युनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियर रहेको छ । त्यस्तै जोमसोमको न्युनतम माइनस ५ डिग्री सेल्सियर रहेको छ ।

बिज्ञापन