म सरकारमा जान्नँ, पार्टी बलियो बनाउन लाग्छु : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ सरकारमा सहभागी नहुने भएका छन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलमा आफू सरकारमा सहभागी नुहने बताएका हुन् ।

उनले अहिले आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई बलियो बनाउने रहेको बताए । ‘अहिले मन्त्री बन्ने बेला होइन । म सरकारमा जान्नँ । त्यसैले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने हो,’ उनले भने ।
पार्टीका युवा नेताहरूलाई सरकारमा पठाएर आफूहरू पार्टी निर्माण र सरकारलाई सफल पार्ने अभियानमा जुट्ने उनले बताए ।
नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह छाएको बताउँदै नेता पुनले जनताको अपेक्षाअनुरूप सरकारलाई सफल पार्न र पार्टीलाई पुनर्जीवित गर्नुपर्ने जिम्मेवारी आएको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
