बिश्व

अमेरिकामा टिकटक प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

न्युयोर्क । अमेरिकाले सुरक्षा उच्च जोखिम रहेको भन्दै चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाएको छ । देशको कुटनितिक सुरक्षा चिन्ताको रूपमा रहेको भन्दै टिकटकलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको हो ।

अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् । यस निर्णयको अर्थ भनेको झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल उपकरणहरू र उनीहरूलाई जारी गरिएका अन्य ग्याजेटहरूबाट हटाउनु पर्ने हुन्छ ।

बिज्ञापन

अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने निर्णय गरेका हुन् । सरकारको निर्णयको टिकटकका प्रवक्ताले विरोध गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।