Sudur Pradesh News

सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत

बिज्ञापन

आइतबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । भट्ट डडेलधुराको प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको हो ।  भट्ट माओवादीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज हुनुहुन्छ । उहाँलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । 

बिज्ञापन

नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार नै भट्टलाई दलको नेता बनाउन संसदीय दललाई निर्देशन दिएको थियो । अर्का दाबेदार ओमविक्रम भाट ‘सरल’ले समेत दलको नेता हुने आकांक्षा राखेपछि दलको नेता छान्न ढिलाई भएको प्रदेश सभा सदस्य रमेश धामीले बताउनुभयो । सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन् ।

यसअघि नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन् । प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि दलको नेता छान्ने प्रदेश सभा सदस्य पदम शाहीले जानकारी दिनुभयो । 

बिज्ञापन